एमसीसी संसदमा पेस भए बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता

एमसीसी संसदमा पेस भए बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता

prakash-sharan-mahat-1

काठमाण्डौ।  सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् ।

बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताएका हुन् । आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको उनले बताए । बैठकमा वक्ताहरूले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पुर्‍याएर टुङ्ग्याउने भन्ने कुरामा छलफल भएको जानकारी दिए।

यस्तै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा. महतसँग मागेका थिए । त्यसक्रममा एमसीसी विद्युत र सडकका लागि भएको कुरा जनमानसमा लैजानुपर्ने भन्दै डा. महतले लामो विवरण राखेका थिए ।

बैठकमा स्थानीय तहको निर्वाचन र गठबन्धनका विषयमा समेत छलफल भएको नेता शशांक कोइरालाले बताए । आफूले आगामी चुनावमा गठबन्धन गर्न नहुने धारणा राखेको उनले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ