१३२ एम्पुल अवैध लागु औषधसहित पोखराबाट एक युवक पक्राउ

१३२ एम्पुल अवैध लागु औषधसहित पोखराबाट एक युवक पक्राउ

saroj-kumal

कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय हंसपुरबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -२७ बस्ने सरोज कुमाललाई अवैध लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले कुमालको साथबाट डाईजापाम ४६ एम्पुल, फेनारगन ४३ एम्पुल र नुर्फिन ४३ एम्पुल गरी जम्मा १३२ एम्पुल लागु औषध र मोवाईल एक थानसहित नगद १८ हजार वरामद गरेको छ।

पक्राउ परेका उनीमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध मुद्धामा सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ