बर्दिया। कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बढी मूल्यमा बिक्री गरी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका -२५ निवासी ३९ वर्षीय प्रकाश बराल क्षेत्री रहेका छन्।
प्रहरीका अनुसार वरालले बर्दिया जिल्लाका केही विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै ‘साईबर एण्ड लाईब्रेरी’ नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मूल्यमा बिक्री गर्दै आएका थिए।
घटनाको सूचना पश्चात जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-६ स्थित बङ्लामुखी बिद्यालयको परिसरमा उक्त सामग्रीहरु बिक्री वितरण गरिरहेको अवस्थामा सोमबार दिउँसो वराललाई पक्राउ गरेको हो ।
प्रहरीले वरालको साथबाट १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साईबर एण्ड लाईबेरीको नाममा रहेको बिल ४ थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि १८ थान, कि बोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताब लगायतका विभिन्न शब्दकोश ३० थान, बिभिन्न पुस्तक र क्यालेण्डर भएको कार्टुन २९ थान बरामद गरेको छ ।
नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते