तनहुँ। अवैध लागु औषधसहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं -४ बेनिटारस्थित सडकमा चेक जाँचमा खटिएको प्रहरीको टोलीले प्र.३-०१-००१ प १६३१ नम्बरको बसबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहोरा (सार्की) छन्।
प्रहरीले उनीहरुको साथबाट नुर्फिन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागु औषध वरामद गरेको छ भने उनीहरुमाथि लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते