पोखरामा स्याङ्गजा पुतलीबजारका १७ वर्षीय युवकको शव फेला

पोखरामा स्याङ्गजा पुतलीबजारका १७ वर्षीय युवकको शव फेला

death-body

कास्की। पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्याङ्गजा जिल्ला पुतली बजार नगरपालिका -५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं -२१ दम्सादी स्थित टेन्ट टाँगेर बस्दै आएका १७ वर्षीय विशाल भुजेल मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार भुजेल आज बिहान अन्दाजी १० बजेको समयमा फुस्रे खोला किनार नजिकैको चौरमा रहेको टेन्ट भित्र मृत अवस्थामा फेला परेको भन्ने सूचना पश्चात घटनास्थलमा प्रहरीको टोली पुगेको थियो।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ