गण्डकीमा ४७४ को परीक्षण गर्दा थप १३७ जनामा कोरोना संक्रमण, ४ को मृत्यु पुष्टि

गण्डकीमा ४७४ को परीक्षण गर्दा थप १३७ जनामा कोरोना संक्रमण, ४ को मृत्यु पुष्टि

Gandaki covid corona 3

पछिल्लो २४ घण्टामा गण्डकीका थप १३७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४७४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ५१ जना, तनहुँका ११ जना, लमजुङका १७ जना र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ११ जना, पर्वतका १० जना, बाग्लुङका १२ जना, म्याग्दीका १० जना र मुस्ताङ जिल्लाका २ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख ७९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ४८५ पुगेको छ। भने, अहिले प्रदेशभर २ हजार ८६५ सक्रिय संक्रमित छन् ।

सोमबार गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४४८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds