जुम्लामा जडिबूटी टिप्न गएका २ जनाको मृत्यु, हिउँमा फसेका ३४ जनाको अझै उद्धार हुन सकेन

जुम्लामा जडिबूटी टिप्न गएका २ जनाको मृत्यु, हिउँमा फसेका ३४ जनाको अझै उद्धार हुन सकेन

People seen walking along the snow-covered road in Manang. Photo: Ramji Rana

जुम्लाको पाटनमा जडीबुटी टिप्न गएका २ जनाको चिसोका कारण मृत्यु भएको छ ।

तातोपानी गाउँपालिकाका ४६ वर्षीय मुन रावत र ३७ वर्षीया देवी शाहीको मृत्यु भएको हो । जडिबूटी टिप्न गएका ३४ जना पाटनमै हिउँमा फसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुई साता अघि सेतक नामको जडीबुटी टिप्न गएका उनीहरु हिउँमा फसेका हुन् । पाटनस्थित तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा उनीहरु फसेको जनाइएको छ ।

जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाए पनि अवतरण गर्ने ठाउँ नभएपछि खानेकुरा खसालेर फर्किएको छ । हिउँमा फसेकाहरूको उद्धारका लागि अझै २–३ दिन कुर्नुपर्ने प्रहरीले जनाएको छ ।

स्थानीयहरु फसेको स्थानमा ४ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds