जुम्लामा हिउँले कठाङ्ग्रिएर दुई जनाको मृत्यु, दर्जनौँ हिउँमा फसे

जुम्लामा हिउँले कठाङ्ग्रिएर दुई जनाको मृत्यु, दर्जनौँ हिउँमा फसे

snow simkot

जुम्लामा हिउँले कठाङ्ग्रीएर दुई जनाको मृत्यु भएको छ । यस्तै दर्जनौ बढी मानिसहरु हिउँमा फसेका छन् ।

जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ वर्षीय मुन रावत र तातोपानी ८ निवासी ३७ वर्षीया देवी शाहीको चिसोले कठाङ्ग्रीएर मृत्यु भएको हो ।

रावतको गोठालो गएको बेला हिउँमा परेर ज्यान गएको र देवी शाहीको सेतो चिनी कोरेर फर्किने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यसैगरी तातोपानी गाउँपालिका ८ मा लगभग ५५ जना मानिसहरु हिउँमा फसिरहेको गाउँपालिकाले जनाएको छ ।

काम गर्न गएका ५५ बढी मानिसहरु फसेका भन्ने खबर आएको तर कति मानिस हिउँमा फसे यकिन हुन नसकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ