चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

death body

पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।

तानसेन ४ बडिज्ञानटोलमा भाडामा बस्दै आएका ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

ज्याला मजदुरी गर्दै आएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने तानसेन गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

यस्तै अचेत अवस्थामा तानसेन ६ बसपार्कमा भेटिएका परियारलाई पनि उपचारका लागी जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ