आजदेखि मौसममा सुधार हुने

आजदेखि मौसममा सुधार हुने

mausam

केही दिनयता वर्षा र हिमपात भएकोमा आज आइतबारदेखि भने मौसममा पूर्ण सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसुरकुहिरो लागेको छ।
आइतबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राती प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी स्थानमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds