नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने

नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने

school

विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैतरवैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने बताए ।

“आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ” उनले भने, “आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।”

उहाँले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई समय परिस्थितिअनुसार निरन्तरता दिनुपर्छ भन्ने छैन भन्दै थपे, “चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔँ । पढ्न दिऊँ । छिटो विधिबाट सबै काम वैशाखमै सकौँ ।”

विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन्। गोरखापत्र दैनिकबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

ट्रेन्डिङ


This will close in 4 seconds