प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनाः आठ जनाको मृत्यु, बेहुला-बेहुलीसहित पाँच घाइते

प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनाः आठ जनाको मृत्यु, बेहुला-बेहुलीसहित पाँच घाइते

accident

प्यूठानको गौमुखी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

नौबाहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

यस्तै, दुर्घटनामा बेहुला, बेहुलीसहित पाँच जना घाइते भएका छन् । उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको छ ।

जीपमा १३ जना सवार रहेका थिए । बेहुलाको घर नजिकै पुग्दा जिप दुर्घटना भएको थियो ।

जिप सडकबाट तीन सय मिटर तल खसेको हो । बाटोमा पहिरो खसेका कारण दुर्घटना भएको अनुमान गरीएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ