जोमसोम । हिमालपारीकोे जिल्ला मुस्ताङमा दोश्रो पटक जारी सिजनकै दोश्रो पटक भारी हिमपात भएको छ । बिहिबार दिउँसो देखि परेको निरन्तर हिमपात शुक्रबार बिहान मात्र रोकिएको हो ।हिउँ परेसंगै मुस्ताङ मुस्ताङका डाँडाकाँढा ,खर्क र बस्ती सबै सेताम्मे बनेका छन् ।
मुस्ताङमा परेको दोश्रो पटक हिमपातको प्रभाव उपल्लो मुस्ताङ भन्दा तल्लो मुस्ताङमा बढी देखिएको् छ । उपल्लो मुस्ताङमा दुई फिट हिउँ परेको थियो भने तल्लो मुस्ताङमा ३ फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । दोश्रो पटकको भारी हिमपातकोे प्रभावले उपल्लो मुस्ताङ जाने सडक र जोमसोम—मुक्तिनाथ सडक पूर्ण रुपमा बन्द भएको छ भने, बेनी—जोमसोम सडक अन्तर्गत जोमसोम देखि घाँसा सम्मको सडक माथि हिउँ थुप्रिएकाले फोर ह्वील सवारी बाहेक ठुला सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।मुस्ताङका ५ वटै स्थानीय तहमा भारी हिमपात भएको हो ।

मुस्ताङमा जारी सिजनको गत पुसको दोश्रो साता भारी हिमपात भएको थियो । पहिलो हिमपात परेको एक महिनापछि मुस्ताङमा दोश्रो पटक भारी हिमपात भएको हो ।विगत १० वर्षअघि मुस्ताङमा भारी हिमपात हुने गथ्र्यो । पछिल्ला वर्षहरुमा कुनै वर्ष भारी हिमपात हुने,कुनै वर्ष आशिंक हिमपात हुने र कुनै वर्ष हिउँसंगै वर्षा हुने गथ्र्यो ।

तर,योवर्ष अपेक्षा गरेअनुरुपमा हिमपात भएपछि स्थानीय किसान उत्साहित भएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्तोकोटीले जानकारी दिए ।उनका अनुसार हिउँदको हिउँले जमिनको सतहलाई भित्री सतहसम्म सिचार्ज गर्ने ,कृषकले लगाएको अन्नबाली सप्रिनुको साथै फलफुल ,अन्नबाली र तकाकारीमा फल फल्न र फुल फुल्नमा सहयोग पुग्ने बस्ताकोटीको भनाई छ । मुस्ताङको प्रमुख नगदेबाली स्याल बोटको कटिङ पुसदेखि माघ मशान्तसम्म हुन्छ । स्याउ बगैचा व्यवस्थापनको समयमा हिमपात हुँदा कृषिक्षेत्रलाई फाईदा पुग्ने बस्ताकोटीले बताए । उनका अनुसार हिउँको प्रभावले उत्पादन र गणस्तरीय फल उत्पादन हुँने गर्छ ।

यस्तै,मुस्ताङमा दोश्रो पटक परेको हिमपातले पर्यटनक्षेत्रलाई टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायीहरुको भनाई छ । मुस्ताङमा फागुनदेखि पर्यटकीय गतिबिधि चलाएमान हुने गर्छ । हिउँकै कारण जिल्ला बाहिरका पर्यटक मुस्ताङ आउनेमा पर्यटन व्यवसायी आशावादी छन् ।कोरोना कहर अघि वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथमा दोश्रो राष्ट्रिय स्की प्रतियोगितमा भएको थियो । नेपालका नागरिकले क्रमशः कोभिड भ्याक्सिन लगाएकाले पर्यटक मुस्ताङमा पर्यटक आउने व्यवसायीहरुको अनुमान छ ।
मुस्ताङमा हिउँ परेसंगै अत्यधिक चिसो बढेको छ । हिमपात भएसंगै स्थानीय नागरिक घरभित्रै बस्न बाध्य छन् । उपल्लो मुस्ताङमा माईनस १५ डिग्री तापक्रम पुगेकाले स्थानीय जनजनजिवन प्रभावित बनेको छ ।भारी हिमपातले मुस्ताङका परम्परागत पुराना घरहरु जोखिम परेका छन् । घर माथि छतमा हिउँ थुप्रिएकाले परम्परागत घरहरुमा पानी चुहिने र भत्किने गरेका छन् । घर माथि भारी हिउ थुप्रिएकाले त्यसको व्यवस्थापन गर्न स्थानीय जुटेका थिए । यस्तै, अत्यधिक चिसो र हिमपातका कारण मुस्ताङमा विकास निर्माणका कामहरु ठप्पै छन् ।
तस्वीर: सुन्दरकुमार थकाली
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो