हेटौंडामा तेस्रोलिङ्गी एक युवतीलाई जबर्जस्ती करणी गरेर हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले मुख्य अभियुक्त तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
हत्याको घटनामा संलग्न रहेका अन्य तीन जनालाई अदालतले एक वर्षदेखि २४ वर्षसम्म कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला गरेको हो ।
न्यायाधीश श्रेष्ठको इजलासले हेटौंडा उपमहानगरपालिका–११ घर भई हेटौंडा—१० मा बस्दै आएकी २९ वर्षीया तेस्रो लिङ्गी युवतीको जबर्जस्ती करणीपछि हत्या गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ वर्षीय वुद्ध लामालाई जीवित रहेसम्म कैद गर्ने फैसला गरेको हो ।
त्यस्तै, शव लुकाउने कसुरमा सिमोन परियारलाई ४ वर्ष कैद, डाकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यस्तै, हत्यामा संलग्न एक नाबालकलाई १६ वर्ष ८ महिना कैद, डाका कसुरमा ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यसैगरी, अदालतले तेस्रो लिंगीको चोरी भएको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई पनि एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ । अदालतले पीडितको परिवारलाई पीडित राहत कोषबाट थप ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
२०७६ माघ ४ गते बिहान कान्तिलोकपथस्थित हेटौंडा ५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा तेस्रो लिङ्गी युवतीको शव फेला परेको थियो ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की