आज फेब्रुअरी ४ तारिख । विश्व क्यान्सर दिवस । यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
नेपालमा क्यान्सरको क्षेत्रमा सक्रिय सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिसा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।
सरकारले क्यान्सर रोग लागेका बिरामीलाई उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ । साथै प्रदेश सरकार र पालिकाले पनि सहुलियत दिन थालेका छन् । क्यान्सर रोग सुरुवाती चरणमै पत्ता लागे उपचारपछि निको हुने डाक्टरले बताउँदै आएका छन् ।
बिरामी भएपछि मात्रै अस्पताल जाने बानीलाई त्यागेर बेला बेला स्वास्थ्य जाँच गर्न पनि डाक्टरको सुझाव छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् । तर रोग लुकाउने गर्दा यो सङ्ख्या अझ धेरै रहेको अनुमान छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो