आगो तापिरहेकालाई ट्रिपरले ठक्कर दिँदा २ को मृत्यु, ३ गम्भिर घाइते

आगो तापिरहेकालाई ट्रिपरले ठक्कर दिँदा २ को मृत्यु, ३ गम्भिर घाइते

death body

बर्दियामा आगो तापिरहेकालाई ट्रिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । ३ जना गम्भिर घाइते भएका छन् ।

बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा सोमबार राति ८ बजे भे १ क १४९५ नम्बरको ट्रिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो ।

दुर्घटनामा स्थानीय ४५ वर्षीय सोम बहादुर वि.क.को घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारको क्रममा नरसिंहहोम नेपालगञ्जमा राति पौने १० बजे मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीया लक्ष्मण सुनारको नरसिंहहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रिपर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ