तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

bike accident

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ