मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा गाडिएका अवस्थामा भेटिएका दुवै शवको पहिचान खुलेको छ । उनीहरु दुई व्यक्ति एक अर्काको साथी रहेको खुलेको छ ।
उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।
तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । चौधरीको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।
प्रहरीका अनुसार उनीहरु दुबै एकै समयमा सम्पर्कविहीन थिए । श्रेष्ठको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो ।
उनीहरु दुवैजना जग्गा कारोबारमा संलग्न रहेको खुल्न आएको छ । उनीहरु दुवै जना गत मंसिर पहिलो साता काठमाडौँबाट पूर्वतर्फ लागेको बताइएको छ । कुनै लेनदेनमा विवाद भएर उनीहरुको एकैसाथ हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप तथ्य अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते