पब्जीको लतमा १४ वर्षीय बालकले गरे आमासहित चार जनाको हत्या

पब्जीको लतमा १४ वर्षीय बालकले गरे आमासहित चार जनाको हत्या

PubG

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम ‘पब्जी’ को प्रभावमा आफ्नी आमा‚ दाजु र दिदीबहिनीसहित सम्पूर्ण परिवारको हत्या गरेका छन् ।

गत हप्ता लाहोरको काहना क्षेत्रमा ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका छोरीको शव भेटिएको थियो ।

प्रहरीले विज्ञप्तिमा नाहिद मुबारकका १४ वर्षीय छोरा कुशल रहेको र उनले हत्या गरेको खुलासा गरेको छ। बयानका अनुसार ‘केटा पब्जी (प्लेयर अननोन्स ब्याटलग्राउन्ड) को लतमा थिए।

उनले खेलको प्रभावमा आफ्नी आमा‚ दाजु र दिदीबहिनीको हत्या गरेको स्वीकार गरिसकेका छन्। दिनमा लामो समयसम्म अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिएको छ।

नाहिद मुबारक सम्बन्धविच्छेद गरेकी महिला थिइन्। पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’ खेलेको भन्दै उनले छोरालाई गाली गर्ने गरेकी थिइन्।

विज्ञप्तिमा भनिएको छ– घटना भएको दिन नाहिदले छोरालाई गाली गरेकी थिइन्। त्यसपछि बालकले दराजबाट आमाको पेस्तोल निकालेर आमा‚ दाजु र दिदीबहिनीलाई गोली हानी हत्या गरेका थिए।

प्रहरीले बालकको रगत लतपतिएको लुगा बरामद गरिएको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ