कास्कीमा माघ मसान्तसम्म ब्युटीपार्लर, फुटसल, जिम, डान्सबार र दोहोरी बन्द

कास्कीमा माघ मसान्तसम्म ब्युटीपार्लर, फुटसल, जिम, डान्सबार र दोहोरी बन्द

CDO-Office-Kaski-740×360-1

कास्की।  जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा कोरोना संक्रमणदर ५० प्रतिशत भन्दा माथि रहेको भन्दै नयाँ आदेश जारि गरेको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जारी विज्ञप्ति अनुसार आइतबारदेखि लागु हुने गरी माघ मसान्तसम्मका लागि नयाँ आदेश जारी गरिएको हो।

नयाँ आदेश अनुसार आइतबारदेखि लागु हुने गरी जिल्लामा सिनेमा हल, डान्स बार तथा दोहोरी, हेल्थ क्लब, जिम, स्विमिङ पुल, फ़ुटसल, स्पा तथा ब्युटीपार्लर लगायत मानिसको भीड लाग्ने सबै प्रकारका कार्यक्रम गर्न पाइने छैन।

यस्तै विद्यालय, विश्व विद्यालय, कलेज ट्युसन सेन्टरहरु, तालिम केन्द्रहरुबाट भौतिक उपस्थितिमा कुनैपनि क्रियाकलाप गर्न पाइने छैन। भने, परम्परागत क्रियाकलापहरु २५ जना भन्दा बढीको उपस्थिति नरहने गरी संचालन गर्नुपर्ने छ।

हेर्नुहोस् ! प्रशासनद्वारा जारी नयाँ आदेश   

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds