सरकारले कोभिडविरुद्धको तेस्रो मात्रा अथवा बुस्टर डोज खोप मिसावट गरेर दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले शुक्रबार ७७ वटै जिल्लालाई तेस्रो डोज खोप स्वरुप एस्ट्राजेनेका वा कोभिसिल्ड लगाउन निर्देशन दिएको हो ।
६० वर्षमाथिकालाई बुस्टर डोज प्रदान गर्दा पहिलो वा दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल जे भए पनि तेस्रो मात्रा कोभिसिल्ड या एस्ट्राजेनेका दिन महाशाखाले निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य संगठनको खोप विज्ञहरुको टोली र खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिस अनुसार माघ १४ गते मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बुस्टर डोज मिसावट गरेर लगाउन भनेको महाशाखाले जनाएको छ ।
यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन सो खोप नभएमा एस्ट्राजेनेका र कोभिसिल्ड नै लगाउन पनि महाशाखाले निर्देशन दिएको छ ।
यसैगरी, विदेशमा पहिलो मात्रा कोभिसल्ड, एस्ट्राजेनेका, भेरोसेल, मोर्डना, फाइजर खोप लगाएकाहरुलाई दोस्रो मात्रा स्वरुप पनि एस्ट्राजेनेका वा कोभिसिल्ड नै लगाउनसमेत महाशाखाले दिर्नेशन दिएको छ ।

सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन