कास्कीका युवाद्वारा फेसबुकमा महिलालाई ब्ल्याकमेल, विदेशबाट फर्कँदा पक्राउ

कास्कीका युवाद्वारा फेसबुकमा महिलालाई ब्ल्याकमेल, विदेशबाट फर्कँदा पक्राउ

arrest airport

File Photo

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा फरार रहेका एक व्यक्ति कास्कीका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट पक्राउ गरेका छन् ।

कास्कीको रूपा गाउँपालिका ७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाल बैदेशिक रोजगारीबाट फर्कने क्रममा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बैदेशिक रोजगारीमा रहँदा खनालले सामाजिक संजाल फेसबुकमा साथी बनेर म्यासेनजरमा महिलाहरुलाई ललाइफकाइ प्रलोभनमा पारी नग्न तस्वीर र भिडीयो प्राप्त गरी श्रीमान् लगायत आफन्तजनलाई सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरेको आरोप छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार उनी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर मुद्दा दर्ता फरार रहेका थिए ।
पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds