पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७, २१ र २२ कार्यक्षेत्र रहेको उक्त सहकारीको शुभारम्भ आज एक समारोहकाबीच पोखरा वडा नं. २१ का अध्यक्ष खगराज आचार्यले गरे । उनले आफ्नो वडाबासी लक्षित गरी स्थापित सहकारीले उद्देश्यमा सफलता प्राप्त गर्ने विश्वास लिँदै वडाबासीको हितमा र सहज सेवा प्रदान गर्न सुझाए । आचार्यले सहकारीलाई नाफामुखीभन्दा सेवामुखी बनाउन सुझाव दिँदै युवाहरुको टीम भएकाले चाँडै गति लिने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष गोविन्द देवकोटाले पोखराका तीन वडामा केन्द्रीत रहने सहकारीले विभिन्न परियोजना मार्फत् रोजगारी र उत्पादनमा संलग्न हुने जानकारी दिए । सहकारीले पोखरा वडा नं. २१ मा टपरी उद्योग र डेरी उद्योगको योजना समेत अगाडि बढाएको उनले जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का वडा सदस्य तथा पोखरा महानगरपालिका सहकारी विभागकी सदस्य राधिका शाही योगी र मयुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मिनराज खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष छवि पनेरु तथा कार्यक्रम संचालन सचिव रमेश बास्तोलाले गरेका थिए । कार्यक्रमको संयोजन कोषाध्यक्ष प्रकाश सुवेदीले गरेका हुन् ।

सहकारीको सेवा शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आचार्यले सहकारीका सल्लाहकार शिवप्रसाद सापकोटालाई व्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते