८० वर्षीय बुबाको घाँटी थिचेर हत्या गरेको आरोपमा छोरा पक्राउ

८० वर्षीय बुबाको घाँटी थिचेर हत्या गरेको आरोपमा छोरा पक्राउ

Hatyaa

सांकेतिक तस्विर

मोरङमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका–९ डाँगा बजारमा ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

बुधबार राति साढे १० बजे सामान्य विवादमा जयबहादुरले घाँटी थिचेर बुबाको हत्या गरेको भन्ने खबर पाएपछि पुगेको प्रहरी टोलीले राति नै उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ