कर्मचारीमा संक्रमणपछि कास्की मालपोत र नापी कार्यालयको सेवा एक हप्ता बन्द

कर्मचारीमा संक्रमणपछि कास्की मालपोत र नापी कार्यालयको सेवा एक हप्ता बन्द

malpot-kaski

पोखरा । कास्कीका मालपोत कार्यालय र नापी कार्यालयमा एक हप्ताका लागि  बन्द भएको छ ।

दुवै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै एक हप्ता सेवा बन्द गरेको जनाएको छ । माघ ११ देखि माघ १७ गते सम्म सेवा बन्द भएको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ