कास्की जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

कास्की जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

CDO-Office-Kaski-740×360-1

कास्की जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक सेवाबाहेका सबै सेवा बन्द गरिएको छ ।

यसअघि केही सेवा मात्र बन्द गरेर सेवा दिइरहेको प्रशासनले आइतबार थप कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले एक सूचना जारी गर्दै सेवाहरु बन्द गरेको जानकारी गराएका हुन् । ‘कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमासमेत लक्षण देखिएकाले शान्ति सुरक्षा, मुद्धा ब्यबस्थापन, विपद ब्यबस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ गतेदेखि स्थगन गरिएको जानकारी गराइन्छ ।’ सूचनामा उल्लेख छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds