स्याङ्जा जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

स्याङ्जा जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

cdo-office-syangja

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सबै सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयका सबै सेवा बन्द गरिएको कार्यालयले जनाएको हो ।

प्रशासनमा कार्यरत कर्मचारीमा कोभिड संक्रमण पुष्टी भएको र केहीको रिपोर्ट आउन बाँकी रहेकाले आजबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रशासनको सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अत्यावश्यक सेवा बाहेकका सबै सेवा हाललाई स्थगित गरिएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds