गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु

okhaldhunga

ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आज बिहान मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जीपलाई नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेको हो ।

उक्त दुर्घटनामा परी मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार युसब र युनिसा एकै परिवारका हुन् ।

गम्भीर घाइते जिप चालक सञ्जिव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अर्का एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जीपमा ६ जना चढेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ