पोखरा जेसीजको बर्ष २०२२ का पदाधिकारीहरुलाई पदीय जिम्मेवारीको दायित्व वोध गराउने उद्देश्यका साथ शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ ।
दुई चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा नेपाल जेसीजकी निरुपित राष्ट्रिय उपाध्यक्षको औपचारिक स्वागत कार्यक्रम तथा अन्र्तक्रिया कार्यक्रम राखिएको थियो भने दोस्रो चरणमा पदाधिकारी प्रशिक्षण कार्यक्रम राखिएको थियो । पोखरा जेसिसका पूर्व अध्यक्ष सिनेटर सुवास सिग्देल प्रमुख प्रशिक्षक रहेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका पोखरा जेसीजका अध्यक्ष मिनराज खड्काले जेसीज अभियान लाई अझै प्रभावकारी बनाउन उक्त तालिमले सकारात्मक भूमिका खेल्ने बताउँदै २०२२ लाई सम्पूर्ण रुपमा सफल बनाउनका लागि अगाडि बढ्न आव्हान गरेका थिए ।
कार्यक्रममा पोखरा जेसिसका पूर्व अध्यक्ष राजु केसी, रङ्गकर्मी तथा नायिका जान्वी बोहोरा लगायतले शुभकामना र प्रशिक्षार्थीलाई प्रोत्साहन मन्तव्य राखेका थिए ।
तालिम महासचिव प्रकाश घिमिरेले सञ्चालन गरेका थिए भने उपाध्यक्ष रविन्द्र गोदारले स्वागत तथा तालिम आयुक्त भाइराज रानामगरले समापन गरेका थिए । कार्यक्रमको संयोजन एलबीएन चेयरपर्सन निश्चल खरेलले गरेका थिए ।
सम्बन्धित खबर
फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट
फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय
धवलागिरी क्याम्पस स्ववियु निर्वाचन: नेविसंघबाट सृष्टि आचार्यको उम्मेदवारी
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग