पोखरा महानगरपालिका शिक्षा शाखाको त्रिदिवसीय शिक्षक अभिमुखीकरण सम्पन्न भएको छ । महानगरले पोखरा महानगरभित्रका आधारभूत तथा माध्यमिक तह(कक्षा ६–१२) मा नेपाली विषय शिक्षकहरुका लागि तीन विद्यालयहरुमा तालिमकेन्द्र तोकेर विषयगत तालिम सञ्चालन गरेको हो ।
अभिमुखीकरण तालिमको शनिबार समापन समारोहमा बोल्दै पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदीले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै अबको शिक्षा सूचना, सञ्चार र प्रविधिमैत्री हुनुपर्ने र यस तालिमले नेपाली भाषा शिक्षकहरुलाई पनि प्रविधिमैत्री बनाउन थप योगदान पुग्ने बताए । सुवेदीले शिक्षामा आएका परिर्वतनहरुलाई कक्षामा पुर्याएर नयाँ पुस्तामा नविन ज्ञानको ज्योति छर्ने काम शिक्षकले गर्ने भएकाले दक्ष, योग्य शिक्षक उत्पादनका लागि तालिमको आयोजना गरिएको बताए ।
जनप्रकाश मावि भण्डारढिक, कालिका मावि रामबजार र जनप्रिय मावि सिमलचौरमा त्रिदिवसीय रुपमा सञ्चालित तालिममा सहजकर्ताका रुपमा सिद्ध मावि पोखराका सहायक प्रअ जुना थापा, भविष्य निर्माण माविका खगीसरा अधिकारी, भद्रकाली माविका लोकचन्द्र खनाल, जनप्रकाश माविका पार्वती खनाल रहेका थिए ।
त्यस्तै ब्रह्माकुमारी इश्वरीय विद्यालय पार्दी शाखाका प्रमुख गीता दिदीले पनि शिक्षकहरुका लागि सकरात्मक सोच र उत्प्रेरणासम्बन्धी प्रशिक्षण गरेकी थिइन् ।
तालिमको अन्तिम दिन जनप्रिय मावि सिमलचौरमा आयोजित समापन कार्यक्रम सोही विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बास्कोटाको अध्यक्षता, महाशाखाका शिक्षा अधिकृत श्री रामप्रसाद तिवारीले स्वागत मन्तव्य र सञ्चालन प्रा.स.सरला सापकोटाले गरेकी थिइन् ।
त्यस्तै सहभागीको तर्फबाट राष्ट्रिय माविका शिक्षक शिवभक्त देवकोटाले मन्तव्य र प्रतिवेदन विन्दवासिनी माविका सरिता पौडेलले प्रस्तुत गरेकी थिइन् ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो