पोखराको न्यूरोडमा टेक्स्टुडियो

पोखराको न्यूरोडमा टेक्स्टुडियो

techstudio pokhara

पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ ।

विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेको शुभकामना दिए ।

युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए ।

उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य उत्पादनसँग तुलना गर्न सकुन् भन्ने विश्वास लिइएको जोशीले बताए । स्टोरमा हाइफ्युचर, एक्यूफिट, रिम्याक्स, होको र विबु ब्राण्डका इलेक्ट्रोनिक सामानहरु पाइनेछ ।

उद्घाटनका अवसरमा सामान खरीदमा नगद छुट र उपहारहरुको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ