भोलि देशभरका अदालत बन्द हुने

भोलि देशभरका अदालत बन्द हुने

Supreme_Court_sarbochcha_adalat_sarbocha1

भोलि (आइतबार) देशभरका अदालत बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठक (फूलकोर्ट)ले पूर्व–प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले आज एक विज्ञप्ति निकाल्दै सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको जनाएको छ । सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व–प्रधानन्यायाधीश शर्माको निधनले देशले एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गत बुधबार निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ