भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न जनमत पार्टीले माग गरेको छ ।
मन्त्री यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको हो ।
सो पार्टीका उपाध्यक्ष दिपक कुमार साहले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै चरम आपराधिक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गरेर २०६४ सालको गौर नरसंहारमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् ।
अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गरेर सरकारले कारबाही गर्नुपर्छ, विज्ञप्तिमा भनिएको छ ।
गौर घटनाका अभियुक्तहरुलाई सुरक्षाकर्मीले विशिष्ठ सुरक्षा घेरामा राखेको भन्दै सो पार्टीले उनीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडितहरुलाई न्याय दिए मात्रै मधेशमा आपराधिक राज समाप्त हुने बताएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आफूलाई कालो झण्डा देखाएको भन्दै मन्त्री यादवले गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार गराउने धम्की दिएकी थिइन् ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन