घानामा शक्तिशाली विस्फोटः १७ शव भेटियो, ५९ जना घाइते

घानामा शक्तिशाली विस्फोटः १७ शव भेटियो, ५९ जना घाइते

bom blast-3

अफ्रिकी देश घानाको यपिएट शहरमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटबाट कैयौं भवन भत्किएका छन् ।

घटनास्थलमा १७ वटा शव फेला परेको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । तर प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।

विस्फोटमा परेर ५९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने सहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको बताइएको छ ।

विस्फोट पछि धुलो र धुवाँको मुस्लो उडेको तस्बिर सार्वजनिक भएको छ ।

घानाका राष्ट्रपतिले नाना अकुफो अड्डोले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds