काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।
आज बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
पहिला छानिएका ३० मध्ये अहिले १६ जना छनोट भएका हुन् ।
टिममा प्रदीप ऐरी, जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक स्थान बनाएका छन् । यस्तै, विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् ।
नेपालले टी–ट्वान्टी विश्वकप छनोटमा सन्दीप लामिछानेको कप्तानीमा खेल्ने छ ।
विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।
यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।
नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान)
कुशल भुर्तेल
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
शरद भेषवाकर
करण केसी
आरिफ शेख
कुशल मल्ल
आसिफ शेख
कमल सिंह ऐरी
शाहब आलम
अविनाश बोहरा
प्रदिप ऐरी
जितेन्द्र कुमार मुखिया
विवेक यादव
लोकेश बम
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते