अर्को साता दैनिक २० हजार संक्रमित हुने !

अर्को साता दैनिक २० हजार संक्रमित हुने !

Corona

संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ ।

अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए । उनले भने, अर्को साता या माघको १५ पछि विस्तारै संक्रमण ओरालो लाग्ने देखिन्छ ।

संक्रमणदर तीन दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुन आवश्यक रहेको डा. पौडेलले बताए । पौडेलका अनुसार अहिलेको संक्रमणमा ओमिक्रोन भेरियन्टको वर्चश्व बढी रहेकाले संक्रमितको तुलनामा अस्पताल भर्नादर कम छ । यो भेरियन्टले श्वासप्रश्वास नलीको माथिल्लो भागमा संक्रमण बढी गर्ने भएकाले संक्रमितमा गम्भीर लक्षण कम भएको तर खोप लिएकामा समेत संक्रमण भएको पाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

ट्रेन्डिङ