कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कास्कीमा राहदानी तथा राष्ट्रिय परिचयपत्र दर्ता कार्य स्थगित

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कास्कीमा राहदानी तथा राष्ट्रिय परिचयपत्र दर्ता कार्य स्थगित

dpo-kaski

कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले राहदानी शाखा, तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता ईकाइमा कार्यरत कर्मचारीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएपछि बिहिबारदेखि सेवा स्थगित गर्ने जनाएको छ।

प्रशासन कार्यालयले एक विज्ञप्ति मार्फत केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखिएको भन्दै राहदानी शाखा एवम राष्ट्रिय परिचयपत्र विवरण दर्ता ईकाइबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

कार्यालयले विद्युतीय राहदानीको काम तथा सेवा, राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी कार्य एवम सेवा र भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य र सेवा स्थगित हुने तथा कोरोना संक्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिको लागि अनलाइन आवेदन नगर्न समेत आग्रह गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ