गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरेको छ । प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३.५१ प्रतिशत बृद्धि गरिएको छ भने नगर भित्र २२.५५ प्रतिशत भाडादर बृद्धि गरिएको छ । त्यस्तै, ट्रकमा १४.५७ प्रतिशत र जीपमा ५.५ भाडा बृद्धि गरिएको छ ।यसअघी संरकारले २८ प्रतिशतसम्म भाडादर बृद्धि गरेको थियो ।
ट्याक्सीमा मिटर प्रणाली लागु
प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको छ । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने र माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडादर कायम गरिएको छ । सरकारले ट्याक्सीमा बिलसहितको मिटर अनिवार्य गरेको छ ।
पाेखरामा बस स्टप बाहेकका ठाउँमा बस राेक्न नपाइने
प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस रोक्न नपाउने नियम बनाएको छ । बस स्टप भन्दा १०-१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर संकेत गरेको खण्डमा जहाँसुकैपनि बस रोक्ने गरिएको छ । जसले गर्दा दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक ब्यबस्थापन भद्रगोल हुँदै आएको थियो । तर अब सरकारले बस स्टप बनाईदिने र सो बस स्टपबाहेक अन्य ठाउँमा कडाईका साथ बस रोक्न निषेध गरिने भएको छ ।
त्यस्तै बसमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने प्रावधान राखिनुका साथै अब नया बस खरिद गर्दा अटोमेटिक रुपमा ढोका लाग्ने खालको बस राख्नुपर्ने प्रावधान राखिएको छ । ‘ढोका खुल्ला हुँदा झुण्डिएर यात्रा गर्ने, जसका कारण यात्रु दुर्घटनामा परेर घाईते, अपाङ्ग हुनुका साथै मृत्यूसमेत हुने गरेकाले अटोमेटिक ढोका बन्द हुने बस अनिवार्य गर्ने निर्णय भएको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते