आगामी वर्षको क्यालेण्डर तयार, माघ १५ देखि बजारमा आउने

आगामी वर्षको क्यालेण्डर तयार, माघ १५ देखि बजारमा आउने

Panchang

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्षको क्यालेण्डर तयार पारेको जनाएको छ ।

आगामी वर्ष २०७९ को लागि तयार पारिएको पात्रो माघ १५ गतेदेखि बजारमा ल्याउने बताइएको छ ।

समितिले आगामी वर्षको लागि तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी जम्मा १४ वटा पात्रो(पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ ।

कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले यस वर्ष पञ्चाङ्ग प्रकाशनमा ढिलाइ भएको समितिले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds