तनहुँमा बालविवाह मुद्दामा पाँच जनालाई कैद

तनहुँमा बालविवाह मुद्दामा पाँच जनालाई कैद

pakrau

तनहुँ । तनहुँ जिल्ला अदालतले बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।
साथै उनीहरूलाई जनही पाँच÷पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको जनाइएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिबानाको फैसला भएको हो । दुई जनाको नाम भने खुलाइएको छैन ।

प्रहरीले गएको असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ