उच्च अदालत वीरगञ्ज इजलासका ३ न्यायाधीशसहित २५ जनामा कोरोना पुष्टि

उच्च अदालत वीरगञ्ज इजलासका ३ न्यायाधीशसहित २५ जनामा कोरोना पुष्टि

High_Court_Birgunj

वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका तीन न्यायाधीशसहित २५ जनालाई कोरोना (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।

तीन न्यायाधीशसहित २५ जना कर्मचारीलाई एकै पटक कोरोना संक्रमण पुष्टी भएको हो । रजिष्ट्रार, उपरजिष्ट्रार, ४ जना शाखा अधिकृत, ६ जना नायब सुब्बा, डिठ्ठा, कम्युटर अपरेटर, आइटी सहायक, तामेलदार, सवारी चालक र तीन जना कार्यालय सहयोगीमा समेत कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि शंकास्पद कर्मचारीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशाला पठाइएको थियो । केहीको एन्टिजेन पनि परीक्षण गरिएको थियो ।

ठूलो संख्यामा कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती गर्ने निर्णय भएको रजिष्ट्रार गजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

८ देखि ८० वर्ष उमेर समूहका ११ जना महिलासहित ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बाराका ९, खोटाङका र सर्लाहीका १÷१ जना र पर्साका २५ जना छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds