ट्रमा सेन्टरका ५२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

ट्रमा सेन्टरका ५२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

doctors_

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत दुई तीनयता संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले जानकारी दिए ।

डा. जोशीका अनुसार दुई तीनभित्रमा एमसीएच गर्ने सिनियर चिकित्सक, कन्सलटेन्ट चिकित्सक, नर्स तथा फिजियोथेरापिस्ट, ल्याबका कर्मचारी गरी ५२ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि सेन्टरले सोमबार सबै युनिटका प्रमुखहरु, सिनियर चिकित्सक, नर्स लगायतसँग बैठक राखेको थियो ।

अबका दिनमा अस्पतालले कसरी सेवा सञ्चालन गर्ने लगायतका विषयमा छलफल गरिएको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds