आजको मौसम पूर्वानुमान!

आजको मौसम पूर्वानुमान!

badali_mausam_ktm

पोखरा । देशभरको मौसम आज (आइतबार) बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

यस्तै, राती गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ