पोखरा । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ ।
पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेष्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, कोच, किपर, प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी सहयोग गर्दै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य, प्रतियोगिता संयोजक केशवराज बराल, सहारा युकेका सल्लाहकार मुछेत्र गुरुङ, सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ, क्लब सदस्यहरु लगायतको उपस्थिति थियो ।
पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ । आयोजकले कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता संचालन गर्ने अन्तिम तयारीमा छ ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।
‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखराको पर्यावाचीको रुपमा परिचित छ । प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ । बचत रकम क्लबले पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुको निम्ति खर्च गरिने जनाइएको छ ।
पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको साथ रहँदै आएको क्लबमा विभिन्न संघसंस्था तथा व्यक्तिले निरन्तर सहयोग गर्दै आएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते