म्याग्दी । म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् ।
मङ्गलबार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो ।
कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) को सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।
मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका पालिकाका जनप्रतिनिधि र जिल्लामा रहेको सरोकारवालाको सल्लाहअनुसार जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताए ।
बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाव्यापी रूपमा कोरोना सङ्क्रमणबाट बच्च र बचाउन तपाईँको मास्क खोइ? अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, भौतिक दुरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णय गरिएको छ ।
स्मार्ट लकडाउन २०७८ मा भएको सूचकअनुसार जोखिम मूल्याङ्कन र लकडाउनको तह विश्लेषण गरी पालिकाले कार्यान्वयन गर्ने र सीसीएमसीसीलाई नियमितरूपमा जानकारी गराउने निर्णय भएको छ । म्याग्दीमा हालसम्म ११ कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
सम्बन्धित खबर
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो