पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नया नेतृत्व चयनका लागि आज भएको मतदान सकिएको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि मंगलबार पोखराको सभागृहमा बिहान १० बजेदेखि सुरुभएको मतदानमा ८ सय ९५ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले बताए ।
थापाका अनुसार बेलुका ४ बजेसम्म चलेको मतदानमा चार जना अनुपस्थित भएका थिए ।
एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा छ । एउटा समूहलाई नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङको समर्थन छ भने अर्को समूहलाई संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन रहेको छ ।
एमाले कास्कीको अध्यक्षमा दामोदर बैरागी र मनबहादुर गुरुङ चुनावी मैदानमा छन् । बैरागीलाई अधिकारीको समर्थन छ भने गुरुङलाई पृथ्वी सुब्बा गुरुङको समर्थन छ ।
त्यस्तै उपाध्यक्षमा अधिकारी समूहका प्रभा कोइराला र गुरुङ समूहका तेजनारायण अधिकारी, सचिवमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्री र गुरुङ समूहका विष्णुबहादुर केसीको उम्मेदवारी छ ।
महाधिवेशनमा जिल्लामा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने व्यवस्था छ । जसमा भूगोल, समावेशिता र खुला निर्वाचन क्षेत्र तोकिएको छ । ५ पदाधिकारी , भूगोलबाट ६०, समावेशिताबाट ४३, खुलातर्फ १२ गरी १ सय २० निर्वाचित हुने छन् ।
पार्टी अध्यक्ष केपी शर्मा (ओलीले) शुक्रबार ७७ वटै जिल्लाको भर्जुअल माध्यमबाट देशैभर १० औं महाधिवेशनको उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते