राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

garland_in_prithivinarayan

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

मंगलबार ३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेकी हुन् ।

माल्यार्पण गर्न विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण पनि त्यहाँ पुगेका छन् ।

कार्यक्रममा पर्यटनमन्त्री प्रेम आले, राप्रपाका नेता कमल थापा लगायत थिए ।

कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारद अर्पण गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ