पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

gyanendra_

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनले मंगलबार मध्यान्ह साढे १२ बजे सिंहदरबारको मूल गेटमा गएर माल्यार्पण गर्ने कार्यक्रम छ ।

मंगलबारै राप्रपाले रत्नपार्कको शान्ति बाटिकामा पृथ्वी जयन्तीका अवसरमा कार्यक्रम गर्ने भएको छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राप्रपाले माग गरेको छ भने पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले माग गरेको छ । तर अहिलेसम्म सरकारले यसबारे कुनै निर्णय गरेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ