एमाले अधिवेशनः १९ जिल्लामा सर्वसम्मत नेतृत्व, कुन जिल्लामा को अध्यक्ष?

एमाले अधिवेशनः १९ जिल्लामा सर्वसम्मत नेतृत्व, कुन जिल्लामा को अध्यक्ष?

umlemale1615272529_1200

काठमाडौँ । नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत रुपमा छानिएका छन् ।

अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।

झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै खोटाङमा रामप्रसाद दङ्गाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा र नवलपरासी सुस्ता पश्चिममा दीपेन्द्र अधिकारी जिल्ला कमिटी अध्यक्षमा चयन भएका छन् । विशेष जिल्ला कमिटी अन्तर्गत मजदुरमा जितेन्द्र श्रेष्ठ र पेसागतमा उमेश ढकाल चयन भएको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

शुक्रबार ६३ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी जिल्लामा पनि छिटै अधिवेशन गर्ने एमालेले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ