पोखरा । पोखराका बुटिक व्यवसायीहरूको छाता संगठन बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीसमगर सर्वसम्मत निर्वाचित भएकी छन् । ग्लोरी फेशन होमकी सञ्चालिका श्रीस यसअघि, उपाध्यक्ष थिइन् ।
शनिबार सम्पन्न एशोसिएसनको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणसभाबाट उपाध्यक्षमा पिपनदेवी गुरुङ, सचिवमा श्वेता भट्टराई लम्साल, सह–सचिवमा लता बराल र कोषाध्यक्षमा इन्दिरा लामिछाने सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरूमा अमित बराल, एलिसा क्षेत्री, कल्पना गुरुङ, विना पाइजा, कुसुम केसी र सपना गुरुङ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति, गण्डकी प्रदेशकी अध्यक्ष एवं गुरुङ ब्यूटि पार्लर एकेडेमीकी प्रबन्ध निर्देशक चिनु गुरुङले महिला उद्यमीहरू संगठित भएर नेतृत्व विकासमा लाग्नुपर्ने बताइन् । थ्री सिस्टर्सकी अध्यक्ष लक्की कार्कीले महिलाहरू उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताउँदै व्यवसायिक र उद्यमी बन्नुपर्नेमा जोड दिएन् । सो अवसरमा एशोसिएसनका सदस्य अमित बरालले पनि बोलेका थिए ।
बुटिक एशोसिएसन नेपाल, पोखराकी निवर्तमान अध्यक्ष सुष्मा थापा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव श्वेता भट्टराई लम्साल र उपाध्यक्ष शान्ति श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैबीच, एशोसिएसनको सल्लाहकारमा चिनु गुरुङ, सबि शेरचन र रेणु सुब्बा तथा कानूनी सल्लाहकारमा अधिवक्ता गिरीधारी सुवेदी चयन भएका छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते